सुनील र विकलको धन्दा : ठेक्कापट्टा नेपालमा, कमिसन ‘पार्किङ’ विदेशमा
ekantipur.com · Fri Jan 26 00:49:58 GMT 2024
काठमाडौँ — नेपालका सरकारी निकायमा हुने ठूल्ठूला खरिद तथा ठेक्कापट्टाको कमिसनबापत विदेशमै लेनदेन हुने अनुमान धेरै समयदेखि चल्दै आएको हो । त्यस्ता ठोस घटना र प्रमाण भने खासै बाहिर आउन सकेका थिएनन् ।
गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा बुधबार पक्राउ परेका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलमार्फत अघि बढेका केही खरिद र ठेक्कापट्टाको कमिसन रकम विदेशमै बुझेर उतै ‘पार्किङ’ गरिएको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पौडेलद्वय एक दशकयता कांग्रेस, एमाले र माओवादी केन्द्र सरकारमा रहँदा निरन्तर सार्वजनिक पदमा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)