नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुन परिमार्जन गर्न प्रधानमन्त्रीको निर्देशन
barnanmedia.com · Sun Sep 08 21:52:42 UTC 2024

प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुुभएको छ ।
प्रधानमन्त्री निवास, वालुवाटारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिवहरु र दुवै सङ्गठनका प्रमुुखहरुसहित आइतबार साँझ भएको छलफलमा प्रधानमन्त्री ओलीले ती कानुनलाई समयानुकूल र वस्तुनिष्ट बनाउनुपर्ने बताउनु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)