पुरानो घर भत्काउँदा मजदुरले भेटे सुनको खजाना
ratopati.com · Sun Aug 16 05:48:45 GMT 2026

काठमाडौँ । पुरानो घर भत्काउने क्रममा मजदुरले सुनको पुरानो खजाना फेला पारेको घटना प्रकाशमा आएको छ । युरोपेली मुलुक बेल्जियमको इस्ट फ्ल्यान्डर्सस्थित एउटा घर मर्मतका क्रममा मजदुरले सो घरको भित्तामा सुनको ठुलो खजाना फेला पारेका हुन् ।
उक्त सुनको प्रचलित बजार मूल्य ९० लाख युरो रहेको बताइएको छ । भित्तामा सुनका इँटा र ऐतिहासिक सिक्का फेला परेको सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार मजदुरहरूले भित्तामा पाइप बिछ्याउन ड्रिलिङ गरिरहेका थिए । सोही क्रममा सुनको खजाना फेला परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)