मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

हरेक पाँचमध्ये एक व्यक्तिमा लुकेको कोलेस्ट्रोलको जोखिम: मष्तिष्कघात र हृदयघातको मुख्य कारण

onlinekhabar.com · Sat May 16 14:50:52 GMT 2026

संसारका हरेक पाँचमध्ये एक व्यक्तिमा मष्तिष्कघात र मुटुसम्बन्धी रोगबाट हुने मृत्युको जोखिम बढाउने एउटा वंशानुगत र लुकेको कोलेस्ट्रोल को खतरा रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्। सामान्य रगत परीक्षणमा कोलेस्ट्रोलको मात्रा सामान्य देखिए पनि यो विशेष प्रकारको तत्वका कारण मुटुको स्वास्थ्य गम्भीर जोखिममा पर्न सक्ने नयाँ अनुसन्धानले देखाएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार रगतमा पाइने यो लुकेको कोलेस्ट्रोल कणलाई ‘लिपोप्रोटिन ए’ अर्थात् Lp(a) भनिन्छ। यो हेर्दा खराब कोलेस्ट्रोल जस्तै देखिन्छ, तर यसमा एउटा अतिरिक्त प्रोटिन हुन्छ जसले यसलाई मुटु र रक्तनलीका लागि बढी हानिकारक बनाउँछ। यो समस्या पूर्ण रूपमा वंशानुगत हुन्छ र यसको कुनै बाहिरी लक्षण देखिँदैन। त्यसैले विश्वका करिब २० प्रतिशत मानिस यो जोखिम बोकेर बाँचिरहेका छन् तर उनीहरूलाई यसबारे कुनै जानकारी नै छैन।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)