समानुपातिकमा शेखर पक्षलाई ३५५
ekantipur.com · Mon Oct 03 00:54:48 GMT 2022
काठमाडौँ — कांग्रेसमा समानुपातिक उम्मेदवार छनोटमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार रातभर भएको छलफलमा शेखर कोइराला समूहका उम्मेदवार करिब ३५ प्रतिशत समेटिएपछि सहमति भएको एक पदाधिकारीले जानकारी दिए ।
कांग्रेसले यसअघि निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा शेखर पक्षले आपत्ति जनाएपछि चर्को विवाद भएको थियो । सहमतिपछि कांग्रेसले अन्तिम समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ । ‘कोइराला पक्षका करिब ३५ प्रतिशत उम्मेदवार समेटिएका छन्,’ एक पदाधिकारीले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)