कैलालीमा १२६ जना मतदाता शिक्षा स्वयंसेवक कार्यक्षेत्रमा खटिए
rajdhanidaily.com · Wed Feb 18 23:25:58 GMT 2026

धनगढी । कैलालीमा १२६ जना मतदाता शिक्षा स्वयंसेवक कार्यक्षेत्रमा खटिएका छन् । मत खसाल्ने सही तरिका सिकाउन उनीहरू वडा र टोलमा खटिएका हुन् ।
कैलालीका १३ स्थानीय तहमा १२६ वटा वडा छन् । प्रत्येक वडामा एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक खटाइएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जानकारी दिएको छ । सो कार्यालयका अनुसार फागुन १७ सम्म मतदाता शिक्षा कार्यक्रम चल्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)