मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी, ३ करोड बढीको क्षति

rajdhanidaily.com · Wed Feb 18 23:29:09 GMT 2026

खोटाङ । खोटाङको साकेला गाउँपालिकाको सामुदायिक भवनमा भएको आगलागीमा तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गाउँपालिकाको केन्द्र मात्तिमस्थित मानेभञ्ज्याङमा रहेको सामुदायिक भवनमा बुधबार बिहान करिब साढे छ बजेतिर आगलागी सुरु भएको थियो ।

इलाका प्रहरी कार्यालय मात्तिम र स्थानीयवासीले करिब डेढ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको पालिकाका सूचना अधिकारी डिएम चाम्लिङले जानकारी दिए । साढे दुईतले पक्की भवनको पहिलो तलामा गाउँपालिकाको स्टोर र माथिल्लो तलामा उपप्रमुख बिर्सिका राई र कर्मचारीको आवास रहेको थियो । आगोको रूप ठूलो भएपछि भण्डारण गरिएका सामग्री निकाल्न नसकिएको सूचना अधिकारी चाम्लिङले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)