मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दशौं सार्क व्यापार मेलाको तयारी

abhiyandaily.com

दशौं सार्क व्यापार मेलाको तयारी तीव्र गतिमा भइरहेको छ । मंसिर २९ गतेदेखि पुस ४ गतेसम्म भृकुटीमण्डपमा हुने सो मेला यसअघि कात्तिक १२ गतेदेखि १६ गतेसम्म हुने कार्यक्रम थियो । तर स्थानाभावका कारण मेला पूर्वनिर्धारित समयभन्दा झन्डै डेढ महिना पछि सारिएको र लागत समेत बढेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, सार्क व्यापार मेलाका निर्देशक तेजसिंह विष्टले बताए । उनले भने, ‘असोजको अन्त्यसम्मा सम्पूर्ण निर्माण काम सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।’

आयोजक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले प्रदर्शनीस्थलको भौतिक निर्माण एवम् रंगरोगनका लागि दुई कम्पनीलाई ठेक्का दिएको छ । मेलाका लागि कुल खर्च करीब रू. ५ करोड पुग्ने अनुमान छ । देशमा हालसम्म उपयुक्त प्रदर्शनी गृह नभएका कारण यति धेरै खर्च गर्नुपर्ने स्थिति आएको उनले बताए । प्रदर्शनीस्थल निर्माणमा खर्च धेरै भए पनि आम्दानी पनि राम्रो हुने केन्द्रले बताएको छ । लगानी तथा पर्यटन प्रवद्र्धनको उद्देश्यले आयोजना हुन लागेको यो व्यापार मेलामा स्वदेशी तथा विदेशी सबैले स्टल लिन सक्छन् । केन्द्रले विदेशीका लागि प्रति स्टल ६ सय अमेरिकी डलर तोके पनि २० भन्दा बढी स्टल लिन चाहेमा २५ प्रतिशत छुट दिने जनाएको छ । नेपालीका लागि भने स्टलको दर फरक रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)