रजनीकान्तको फिल्मी यात्रा ५१ वर्ष पूरा, केक काट्दै साटे खुसी
ratopati.com · Sun Aug 16 06:07:25 GMT 2026

मुम्बई । दक्षिण भारतीय फिल्मदेखि बलिउडसम्मका सुपरस्टार रजनीकान्तको फिल्म यात्राको ५१ वर्ष पुरा भएको छ । शनिबारबाट रजनीकान्तको फिल्म क्षेत्रमा ५१ वर्ष पूरा भएको हो ।
यस विशेष खुसी उनले आफ्नो आगामी फिल्म ‘धर्मन’को सेटमा केक काट्दै साटेका छन् । ‘धर्मन’का निर्देशक अश्वथ मारिमुथु, कलाकारहरू र निर्माण टोलीको उपस्थितिमा एक विशेष कार्यक्रम समेत आयोजना भएको थियो । सामाजिक सञ्जालमा उक्त सेलिब्रेसनको तस्बिर तथा भिडियो पनि सार्वजनिक भएको छ, जहाँ रजनीकान्त निकै खुसी देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)