अनुमतिबिनै चल्छन् शिक्षण अस्पताल
ekantipur.com · Sat Feb 19 01:28:23 GMT 2022
काठमाडौँ — वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) लगायत आवश्यक प्रक्रिया पूरा नगर्दा आधा दर्जन मेडिकल कलेज वर्षौंदेखि बिनास्वीकृति सञ्चालन भइरहेका छन् । धुलिखेल अस्पताल, नेपालगन्ज मेडिकल कलेज, मणिपाल कलेज अफ मेडिकल साइन्स, जानकी मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्स चितवन स्वीकृतिबिनै चलिरहेका हुन् ।
धुलिखेलले ०६९, नेपालगन्जले ०७१, कलेज अफ मेडिकल साइन्सले ०७३ मा, जानकीले ०६६ मा र युनिभर्सलले ०७१ मा स्वीकृतिका लागि मन्त्रालयमा निवेदन दर्ता गराएका थिए । तर, ईआईएलगायत आवश्यक प्रक्रिया पूरा नगरेकाले मन्त्रालयले स्वीकृति दिएको छैन । नेपाल मेडिकल कलेज जोरपाटी, चितवन मेडिकल कलेज र देवदह मेडिकल कलेज रूपन्देहीको भने नवीकरण बाँकी छ । मेडिकल कलेज समयमा दर्ता नहुँदा राज्यलाई बर्सेनि भित्रिने करोडौं राजस्व घाटा भइरहेको छ । अस्पताल सञ्चालक र स्वास्थ्य विभागबीच बिमा, आमा सुरक्षा कार्यक्रम र विपन्न नागरिकको उपचारबापतको रकम भुक्तानीमा पनि बर्सेनि किचलो हुने गरेको छ । अस्पताल सञ्चालकहरूले प्रत्येक वर्ष सरकारलाई रकम उपलब्ध नगराएमा निःशुल्क गरिने ८ थरी रोगको उपचार ठप्प पार्ने चेतावनी दिने गरेको छ । यसले गम्भीर प्रकृतिका रोग लागेका बिरामी चिन्तामा पर्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)