सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
ratopati.com · Tue Jun 09 10:03:22 GMT 2026

काठमाडौँ। सशस्त्र प्रहरीको एआईजीमा बढुवा भएका अन्जनी कुमार पोखरेललाई मानवश्रोत विभागमा पदस्थापन गरिएको छ । जेठ १९ मा बसेको मन्त्रिपरिषद्ले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।
सोमबार उनलाई आईजी नारायणदत्त पौडेलले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। पोखरेललाई मानवश्रोत विभागमा पदस्थापन गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए। नारायणदत्त पौडेललाई मन्त्रिपरिषद्ले आईजी नियुक्त गरेपछि सो विभाग रिक्त थियो ।
जेठ ६ मा बढुवा समितिले रिक्त रहेको एआईजीको दरबन्दीमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो । पोखरेल नम्बर–३ गढीमाई बाहिनी मुख्यालयमा कार्यरत थिए।
सशस्त्र प्रहरी स्थापना भएपछि पोखरेल सिसम–१ मा भर्ना भएका अधिकृत हुन्। मन्त्रिपरिषद्को यो निर्णयसँगै सशस्त्रमा भर्ना भएका अधिकृत पहिलो पटक सङ्गठनको नेतृत्वमा पुग्नसक्ने बाटो खुलेको छ । सशस्त्रमा हाल नेपाल प्रहरी र सेनाबाट गएका अधिकृतहरूले सङ्गठनको नेतृत्व गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)