श्रीमतीसँगको अंश मुद्दामा किर्ते गर्ने सांसद ‘डिबी’ जेल चलान
rajdhanidaily.com · Sun Sep 08 23:34:02 UTC 2024

दाङ । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी)ले जिल्ला अदालत रुकुमकोटमा आइतबार दिउँसो आत्मसमर्पण गरेका छन् । किर्ते मुद्दामा दोषी ठहर भएका डिबीले दिउँसो साढे १२ बजे अदालतमा पुगेर आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण लगत्तै डिबीलाई सजाय भुक्तानका लागि रुकुम पश्चिम जिल्ला कारागारमा चलान गरिएको अदालतका नायव सुब्वा ओविराम खड्काले जानकारी दिए ।
३३ वर्ष पहिले साविक रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । त्यसयता उन फरारको सूचीमा थिए । श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतमा मुद्दा परेको थियो । गत निर्वाचनमा डिबी नेपाली कांग्रेसको तर्फबाट रूकुम पूर्वको प्रदेश सभा क्षेत्र १ को १ बाट निर्वाचित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)