लुम्बिनीमा आचार्यको सरकार टिकाउन ‘अंकगणित’को खेल, साना दल निर्णायक
nepalpress.com · Sun Aug 16 07:22:18 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएसँगै सत्तारुढ नेकपा एमाले र नेकपाले ह्वीप लगाउने तयारी गरेका छन् । नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार विश्वासको मत लिन थालेका हुन् ।
तर एमाले र नेकपाको मतले मात्रै बहुमत नपुग्ने भएपछि ५ प्रदेश सभा सदस्य रहेको जसपा नेपाल, १ सदस्य रहेको जनमोर्चा, १ स्वतन्त्र सांसदसँग सहकार्यको समझदारी जुटेको जनाइएको छ तर एमालेभित्रकै असन्तुष्ट सांसदहरु अझै सहमतिमा नआएको, नेकपाका एक सांसद विदेशमा रहेको कारण सत्तारुढ दलले कांग्रेसबाहेक बाँकी अन्य साना दलसँग पनि सहकार्य गर्नेगरी अघि बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)