भारत : कोलकातामा दुर्गा पूजाका क्रममा भागदौड, १९ जनाको मृत्यु
annapurnapost.com · Sat Oct 17 20:49:14 GMT 2026

काठ्माण्डौँ : भारतको कोलकातामा दुर्गा पूजा पण्डालको एक भाग भत्किएपछि मच्चिएको भागदौडमा १९ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।
उत्तरी कोलकाताको चोरबागान सार्वजनिक दुर्गा पूजा पण्डालमा सप्तमीको साँझ भारी वर्षाका बीच ठूलो संख्यामा मानिसहरू जम्मा भएका बेला दुर्घटना भएको बताइएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार भीडको चाप बढेपछि पण्डालको एक भाग भत्किँदा भागदौड मच्चिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)