मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारी बैठक

ratopati.com · Wed Nov 29 06:53:00 GMT 2023

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीबारे छलफल गर्न दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार बैठकमा महासमितिमाथि केन्द्रित छलफल हुने छ। कांग्रेसले आगामी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्न लगाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)