मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा सक्रिय संक्रमित बढ्दै

ekantipur.com · Mon Jan 24 00:47:18 GMT 2022

नयाँदिल्ली — भारतमा सक्रिय कोरोना संक्रमितको संख्या २१ लाख ८७ हजार पुगेको छ । २१ दिनको अन्तरमा सक्रिय संक्रमितको संख्या २१ गुणाले वृद्धि भएको हो । डिसेम्बर ३१ मा सक्रिय संक्रमितको संख्या १ लाखलाई छोएको थियो । जनवरी २१ मा उक्त संख्या २१ लाखलाई पार गरेको हो । योसँगै सक्रिय संक्रमितको संख्या पनि लगातार बढ्दै गाएको छ ।

तर, दैनिक रूपमा संक्रमित हुनेको संख्यामा भने केही कमी देखिएको छ । लगातार तेस्रो दिन संक्रमितको संख्यामा कमी पाइएको छ । पछिल्लो २४ घण्टामा भारतभरि ३ लाख ३३ हजार ५ सय ३३ जना संक्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा उक्त संख्या ४ हजारले कम हो । त्यसभन्दा एक दिन अगाडि ३ लाख ४७ हजार संक्रमित भेटिएका थिए । मृतकको संख्या भने बढेको छ । पछिल्लो २४ घण्टाको तथ्यांकमा मृतकको संख्या ५ सय २५ पाइएको छ । अघिल्लो दिन मृत्यु हुनेको संख्या ४ सय ८८ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)