स्रेस्ता जलेपछि १० लाख लालपूर्जा पुनः जारी गरिँदै
newsofnepal.com · Sat Oct 11 17:15:12 GMT 2025

काठमाडौं।
सरकारले गत ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति भएका जग्गाधनी स्रेस्ता (लालपूर्जा) पुनः कायम गर्ने प्रक्रिया सरलीकृत गरेको छ । आन्दोलनका क्रममा देशभरका विभिन्न मालपोत कार्यालयहरूमा आगलागी र तोडफोड हुँदा झण्डै १० लाख लालपूर्जा नष्ट भएका थिए । मालपोत कार्यालयहरूले जारी गरेका सूचनाबाट सर्वसाधारणमा त्रास फैलिएपछि सरकारले उक्त प्रक्रिया थप सहज र नागरिकमैत्री बनाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)