त्रिवि क्रिकेट रंगशालाको फ्लड लाइट र प्यारापिट क्यानलाई हस्तान्तरण
barnanmedia.com · Sun Nov 16 21:35:00 GMT 2025
दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सुरू हुने अघिल्लो दिन कीर्तिपुरस्थित त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सरकारले राष्ट्रिय खेलकुद परिषदमार्फत नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गरेको छ।
सहरी विकास मन्त्रालयले निर्माण गरेको पहिलो चरणको रंगशाला आइतबार साँझ कीर्तिपुर मैदानमा आयोजन कार्यक्रममा हस्तान्तरण गरिएको हो। सहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ र क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई हस्तन्तरण गरिएको प्रमाणपत्र दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)