केभीआर समिट च्यालेन्जमा डेनियर र एनी पहिलो
onlinekhabar.com · Sat Oct 11 17:27:02 GMT 2025
२५ असोज, काठमाडौँ । केभीआर समिट च्यालेन्ज तेस्रो संस्करणको पहिलो चरणमा पुरुषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माइ बान पहिलो भएका छन् ।
ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता डेनियलले दुई घन्टा २१ मिनेट ३२ सकेन्ड समय लगाए । नेपालका दिपक मान तामाङ दुई घन्टा ३१ मिनेट २ सकेन्ड समय लगाएर दोस्रो भए । तेस्रो हुने भरत गुरुङले दुई घन्टा ३१ मिनेट ४ सकेन्डमा दौड पूरा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)