महाधिवेशनबारे पार्टीका नेताहरुसँग कुराकानी भइरहेको छ : गगन थापा
nagariknews.nagariknetwork.com · Tue Jun 09 10:07:59 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनका विषयमा पार्टीका नेतासँग भेट्ने र संवाद गर्ने काम भइरहेको बताएका छन्।
मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टी उपसभापति विश्वप्रकाश शर्माले नेताहरूसँग कुराकानी गरिरहेका जानकारी दिए।
संस्थापनइतर समूहका नेता पूर्णबहादुर खड्कालाई भेट नदिनुभएको हो ? भन्ने प्रश्नमा उनले पार्टीका नेतासँग भेट्ने, संवाद गर्ने काम आफू र अन्य साथीले गरिरहेको बताए।
पार्टी सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको बताउँदै १४औँ महाधिवेशनको भन्दा धेरै क्रियाशील सदस्यता हुने दाबी गरे।
सभापति थापाले पार्टी कुनै हालतमा विभाजन नहुने बताए।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)