करियर सुरुवात गरेको र २० वर्षअघि छाडेको क्लबमा आबद्ध भए गोलकिपर बुफों
deshsanchar.com · Thu Jun 17 16:08:44 GMT 2021
मिलान- भेट्रान गोलकिपर जियाँलुइगी बुफोँ आफुले करियर सुरुवात गरेको क्लब पार्मामा आबद्ध भएका छन्।
४३ वर्षीय बुफोँ पछिल्लो सिजनको अन्त्यमा युभेन्ट्सबाट बाहिरिएका थिए। बुफोँले १७ वर्षको उमेरमा पार्माका लागि डेब्यु गरेका थिए। उनी सन् २००१ मा पार्मा छाडेर युभेन्ट्समा आबद्ध भएका थिए जहाँ उनले करियरको अधिकांश समय बिताएका छन्। उनी सन् २०१८ मा एक सिजन पेरिस सेन्ट जर्मनका लागि खेलेर फेरी युभेन्ट्स फर्किएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)