अस्ट्रेलिया विश्वकप क्रिकेटमा अब्बल
ekantipur.com · Wed Nov 22 00:58:44 GMT 2023
भारतको गुजरातस्थित नरेन्द्र मोदी रंगशालामा आइतबार आयोजित एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेलमा भारत अस्ट्रेलियासँग ६ विकेटले पराजित हुन पुग्यो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । केएल राहुल र विराट कोहलीले क्रमशः ६६ र ५४ रनको अर्धशतक पूरा गर्दा ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमै समेटिए ।
अरू ब्याटरको योगदान खासै उल्लेख्य हुन सकेन । उता ओपनर ट्रेभिस हेडले १ सय ३७ रनको उत्कृष्ट इनिङ्स खेलेपछि त्यसैको आडमा टिकेर अस्ट्रेलिया छैटौंपटक विश्वकप क्रिकेट ट्रफी उचाल्न सफल भएको हो । सुरुको पावर प्ले चल्दा ४७ रनमा अस्ट्रेलियाले ३ विकेट गुमाइसकेको थियो । त्यसपछि हेड र मार्नस लाबुस्यानले चौथो विकेट नगुम्दै १ सय ९२ रनको साझेदारी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)