विद्या भण्डारीको सक्रिय राजनीति गर्ने चाहानामा एमालेको ‘ब्रेक’
ratopati.com · Tue Jul 22 18:32:00 GMT 2025

काठमाडौँ । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहानामा ‘ब्रेक’ लगाएको छ । साथै एमालेले उनको पार्टी सदस्यता कायम नराख्ने निर्णय पनि गरेको छ । एमालेको पछिल्लो निर्णयले भण्डारी राजनीतिमा आउने बाटो बन्द भएको छ ।
मध्य राति सकिएको एमालेको नवौँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । तर बैठकमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)