मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वराष्ट्रपति किन राजनीतिमा आउन नपाउने ? बैठकमा ओलीले सम्झाए दुई धारा

nepalpress.com · Tue Jul 22 18:34:06 GMT 2025

काठमाडौं । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको धारा ८ र ९ को व्याख्या गर्दै भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र उनी राजनीतिमा फर्किन नमिल्ने निष्कर्ष सुनाएका हुन् । भण्डारीले स्वेच्छाले सदस्यता त्यागेको भन्दै पुनः सदस्य बन्न सुरु प्रक्रियाबाट जानुपर्ने तर्क अध्यक्ष ओली र उनीनिकटकाले गरेका छन् ।

भण्डारीले पार्टीको ११ औँ महाधिवेशनबाट नेतृत्व लिने तयारीसहित गत असार १४ गते राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । तर एमालेले विधानको प्रावधानको किचलो झिकेर तगारो हालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)