बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको भीड
gorkhapatraonline.com · Sat Oct 17 11:03:54 GMT 2026

दसैँको फूलपातीका दिन बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । दसैँको पहिलो दिन घटस्थापनामा मालढुङ्गाको पुल बन्द हुँदा सुनसान रहेको मन्दिरमा पुल सञ्चालनमा आएसँगै भक्तजनको चहलपहल बढेको हो ।
घटस्थापनाको भोलिपल्ट असोज २६ गते पुल सञ्चालनमा आएपछि मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्दै गएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले बताउनुभयो । शनिबार फूलपातीका दिन दसैँ सुरु भएयताकै बढी दर्शनार्थी आएको उहाँले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)