रुसमाथि प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह, ट्रम्पको निर्णयप्रति असन्तुष्टि
gorkhapatraonline.com · Sat Oct 17 11:43:54 GMT 2026

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ अमेरिकी प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउन आफ्ना समर्थकहरूलाई आग्रह गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी अर्थतन्त्रलाई लक्षित गरी प्रस्तावित व्यापक प्रतिबन्धहरू अघि बढ्न नदिने निर्णय गरेको केही घण्टापछि जेलेन्स्कीले यस्तो आग्रह गर्नुभएको हो । ह्वाइट हाउसको यस निर्णयले युक्रेनमाथि रुसको आक्रमण तीव्र भइरहेका बेला र जाडो मौसम नजिकिँदै गर्दा युक्रेनको सुरक्षा जोखिम थप बढ्नसक्ने चिन्ता उत्पन्न गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)