मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

सोनाम ल्होसार तीन दिन

ekantipur.com · Fri Jan 20 00:33:23 GMT 2023

विराटनगर — सोनाम ल्होसार २८५९ औं ह्योअी तावार ल्हो (बिरालो वर्ष) का अवसरमा टुँडिखेलमा तीन दिवसीय ल्होसार पर्व मनाइने भएको छ । ल्होछार मूल समारोह समितिले बिहीबार बौद्ध चुच्चेपाटीस्थित घेदुङको कार्यालयमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

समितिका अनुसार तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङलगायत अन्य विभिन्न संघ–संस्थाको सहभागितामा शुक्रबार, शनिबार र आइतबार ल्होसार मनाउन लागिएको हो । महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्था ताम्बा, बोन्पो तथा लामा गुरुद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, घोडचढी र ख्याति प्राप्त कलाकारद्वारा परम्परागत गीत, नृत्य, दोहोरी, डम्फू सेलो, माने तथा म्हेन्दोमाया प्रस्तुति हुनेछन् । मौलिक खानाका परिकार, भेषभुषा, तामाङ जातिसम्बन्धी पुस्तक, गीति क्यासेट तथा परम्परागत वस्तुलाई स्टलमा प्रदर्शन गरिने घेदुङका सहअध्यक्ष कुमारसिं घिसिङले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)