मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वरिष्ठ अधिवक्ताको उपाधि नहोस् पाँडे पजनी

barnanmedia.com · Sat Oct 17 22:17:37 GMT 2026

वरिष्ठ अधिवक्ताको उपाधि कानून व्यवसायमा आर्जित योग्यता, निष्ठा, सक्रियता र योगदानको सम्मान हो। यो नातागोता, राजनीतिक निकटता, चाकडी वा पहुँचका आधारमा बाँडिने पदवी होइन। तर उपाधि वितरणको प्रक्रिया पारदर्शी र वस्तुनिष्ठ नबनाउने हो भने न्याय क्षेत्रको सम्मानित मान्यता पनि पाँडे पजनीमा परिणत हुन सक्छ। त्यसैले वरिष्ठ अधिवक्ताको उपाधि वितरणमा देखिएका विकृति सच्याउन स्पष्ट मापदण्ड र कठोर परीक्षण आवश्यक छ।

प्रधानमन्त्री भीमशमशेरले आफ्नी रानीका माइतीलाई पाँडे थर दिएर सरकारी उच्च पदमा नियुक्त गरेको ऐतिहासिक प्रसंगबाट ‘पाँडे पजनी’ भन्ने उखान प्रचलित भएको मानिन्छ। नातासम्बन्ध र कृपाका आधारमा पद बाँड्ने त्यही प्रवृत्ति न्याय क्षेत्रको सम्मानित उपाधिमा प्रवेश गर्नु दुर्भाग्यपूर्ण हुनेछ। वरिष्ठ अधिवक्ताको उपाधि आफ्ना मान्छे पुरस्कृत गर्ने, समूह विस्तार गर्ने वा भविष्यमा न्यायाधीश नियुक्तिका लागि योग्यता जुटाइदिने माध्यम बन्नु हुँदैन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)