तनहुँमा भारतीय कार दुर्घटना, तीन जना पर्यटक घाइते
onlinekhabar.com · Tue Jun 09 10:13:36 GMT 2026

२६ जेठ, काठमाडौं । तनहुँमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मंगलबार दिउँसो १ बजेतिर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बीआर १० एबी ७७३९ नम्बरको कार देउरालीमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ