मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

केपी ओली कप : प्रदेश १ को सानदार जित

nayapatrikadaily.com · Thu Nov 30 00:38:00 GMT 2023

केपी ओली राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश १ ले आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी नीलोमाथि नौ विकेटको सानदार जित निकालेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा पहिलो ब्याटिङ गरेको आयोजक मदन भण्डारी १७.५ ओभरमा ६७ रनमै समेटियो ।

प्रत्युत्तरमा प्रदेश १ ले ७.४ ओभरमा एक विकेटको नोक्सानीमा ६८ रन जोडेको थियो । समूह ‘डी’मा आयोजक टोलीले दुवै खेल गुमाएको छ । प्रदेश १ ले दुई खेलबाट ४ अंक बटुल्यो । यस समूहबाट नेपाल आर्मी क्लब ४ अंकका साथ अगाडि नै सेमिफाइनलमा पुगेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)