श्रीलंकामाथि पाकिस्तानको सनसनीपूर्ण जित
hamrakura.com · Tue Oct 10 00:00:00 GMT 2023
काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा पाकिस्तानले सनसनीपूर्ण जित हासिल गरेको छ । पाकिस्तानले हैदराबादमा भएको खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको हो ।
३४५ रनको कठिन चुनौती पाकिस्तानले १० बल खेल्न बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानका लागि मोहम्मद रिजवानले १२१ बलमा अविजित रहँदै १३१ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)