कुलमान घिसिङलाई पुनः प्राधिकरणमा ल्याउने तयारी
ekantipur.com · Wed Aug 04 01:16:44 GMT 2021
काठमाडौँ — सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । यसका लागि प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् । हाल प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य छन् ।
ऊर्जामन्त्री भुसालले प्रधानमन्त्रीलाई भेटेर शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै ब्रिफिङ गरेकी थिइन् । त्यसपछि प्रधानमन्त्रीले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्तिको प्रक्रिया थाल्न निर्देशन दिएका थिए । भुसालले शाक्यलाई बालुवाटारमै बोलाएर राजीनामा दिएर सरकारलाई सहयोग गर्न आग्रह गरेकी थिइन् । ‘प्रधानमन्त्रीकै सामुन्ने ऊर्जामन्त्रीले शाक्यलाई राजीनामा दिएर सरकारलाई मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको हो,’ स्रोतले भन्यो, ‘राजीनामा दिएर शाक्यलाई पुनः एनईए इन्जिनियरिङको प्रमुखका रूपमा काम गर्न पनि अनुरोध गर्नुभएको छ ।’ कार्यकारी निर्देशक नियुक्त हुनुअघि शाक्य प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङ प्रमुखका रूपमा कार्यरत थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)