नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई, पुरस्कृत गर्ने आश्वासन
farakdhar.com · Sat Feb 18 16:21:52 GMT 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । आइसिसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा लगातार तेस्रो जित निकाल्न सफल भएकोमा प्रधानमन्त्रीले बधाई दिएका हुन् ।
शनिबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत प्रचण्डले उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली टोलीको प्रशंसा गरेका छन् । उनले उत्कृष्ट खेलाडीहरूलाई सरकारको तर्फबाट प्रोत्साहित र पुरस्कृत गर्ने विश्वास दिलाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)