९,६४१ सवारीसाधन लिलाम गर्दै प्रहरी
annapurnapost.com · Fri Jan 05 01:04:41 GMT 2024
काठमाडौं : प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएका, तर सम्बन्धित धनीले फिर्ता नलगेका ९ हजार बढी सवारीसाधन लिलामी गर्ने तयारी गरेको छ। पहिलो चरणमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र क्रमशः देशभरका प्रहरी कार्यालय तथा सरकारी परिसरमा रहेका बेबारिसे सवारी बेच्न लागिएको हो।
२०६६ सालयता देशभर ९ हजार ६ सय ४१ वटा दुई तथा चारपांग्रे सवारी प्रहरी कार्यालय परिसरमा ‘कवाड’ झैं थन्किएका छन्। तीमध्ये अधिकांश सामान्य मर्मत गरेर चलाउन सकिने खालका छन् भने केही पार्टपुर्जा फेरेर चलाउन सकिन्छ। केही भने स्क्र्याप (पत्रु) नै गर्नुपर्ने अवस्थाका छन्। त्यस्ता सवारी प्रहरीको टाउको दुखाइ बनेपछि ट्राफिक प्रहरीले लिलाम गर्न लागेको हो। यो प्रक्रियाका लागि सहजीकरण गर्न आवश्यक निर्देशनको प्रस्ताव मन्त्रिपरिषद्मा पठाइने भएको छ। उक्त प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही दिनमै मन्त्रिपरिषद्मा लैजाँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)