नवरात्रको आठौँ दिन आज महागौरीको पूजा आराधना गरिँदै
ratopati.com · Sat Oct 17 23:27:25 GMT 2026

काठमाडौँ । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा गरिँदै छ । दुर्गा पूजा अन्तर्गत आठौँ स्वरूप महागौरीको पूजाको विशेष विधिविधान रहेको छ । अमोघ शक्ति भएकी यी देवीको भक्ति तथा उपासना गर्नाले भक्तजनहरूको पूर्वसञ्चित पापहरूसहित भविष्यका पाप–सन्ताप नष्ट भई सबै दोष नाश हुने र पछिसम्म कुनै बाधाअड्चन नआउने प्रत्यक्ष फलदायी शास्त्रीय मान्यता रहेको छ ।
सेतो वर्ण तथा सेतो पहिरन र गहना धारण गरेकी, वृष ९साँढे० वाहन भएकी यी देवीका चार हात रहेका छन् । देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा र तल्लो दाहिने हातमा त्रिशूल छ भने बायाँतर्फको माथिल्लो हातमा डमरु र तल्लो हातमा वरमुद्रा रहेका छन् । अत्यन्त शान्त मुद्रामा देखिने यी माताको स्वरूप गोरो वर्णको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)