मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बार्सिलोना आफ्नै घरमा बायर्नसँग ३-० ले पराजित भयो

nepalipatra.com · Wed Sep 15 06:04:18 GMT 2021

एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाले लज्जास्पद हार ब्यहोरेको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोना जर्मन महारथी बायर्न म्युनिखसँग आफ्नो घरेलु मैदान क्याम्प नोउमा ३-० गोल अन्तरले पराजित भएको हो । बायर्नको जितमा खेलको ३४ औं मिनेटमा थोमस मुलरले र ५६ औं तथा ८५ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)