विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र दलप्रति अध्यक्षको असन्तुष्टि
gorkhapatraonline.com · Tue Jun 09 10:22:23 GMT 2026

विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण राष्ट्रिय सभाको मङ्गलवारको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। लगातारको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित भएको हो। राष्ट्रिय सभाको अर्को बैठक जेठ २८ गते बिहीवार दिउँसो १:१५ बजे बस्ने तय गरिएको छ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सरकार र राजनीतिक दल दुवैको भूमिकाप्रति असन्तुष्टि जनाउनुभएको छ। अध्यक्ष दाहालले देशको राजनीतिक अवस्था जनताले अनुभूति गर्ने गरी समाधान खोज्न सरकार र दलहरूबीच आवश्यक परामर्श हुन नसकेको टिप्पणी गर्नुभयो। उहाँले संसदमा नारा लगाउने, आफ्ना धारणा राख्ने र बैठक स्थगित हुने क्रम दोहोरिनु उपयुक्त नभएको बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
प्रतिनिधि सभा
बालेन शाह