मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मानव स्वास्थ्यका १७ विश्वव्यापी खतरामा एआईको दुरुपयोग अग्रपंतिमा : द ल्यान्सेटको अध्ययन

swasthyakhabar.com · Sat Oct 17 23:30:00 GMT 2026

विश्वको स्वास्थ्य र मानव अस्तित्वमा यस शताब्दीको बाँकी अवधिमा १७ वटा ठूला खतरा देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन्। आणविक युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग, जलवायु परिवर्तन, मोटोपना, उच्च रक्तचाप, धूमपान र मानसिक स्वास्थ्य समस्यासम्मका यी खतराले विश्वको जनस्वास्थ्य र समग्र मानव कल्याणमा गम्भीर असर पार्न सक्ने उनीहरूको निष्कर्ष छ।

इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसनको विश्वव्यापी रोगभारसम्बन्धी अध्ययनको तथ्याङ्क प्रयोग गरेर तयार पारिएको प्रतिवेदन ३५ जना विभिन्न क्षेत्रका विज्ञ तथा नेतृत्वकर्ताको आयोगले सार्वजनिक गरेको हो। यसले भविष्यमा ठूलो क्षति निम्त्याउन सक्ने तर व्यावहारिक हस्तक्षेपमार्फत जोखिम घटाउन सकिने १७ वटा खतराको पहिचान गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)