कतै लोकतन्त्र फलिफाप, कतै लोकतन्त्र अफाफ
rajdhanidaily.com · Tue Dec 28 23:53:36 GMT 2021
हामी कहाँ ३० वर्षपछि पनि उही प्रधानमन्त्री दोहोरिन्छन्, यसरी दोहोरिएजस्तो नीति भने स्थिर छैन । हाम्रो लोकतन्त्रले नेताजीहरूलाई जीवनभरि पाल्नुपरेको छ । मरणोपरान्त पनि सरकारी ढुकुटी नै खर्च गर्नुपर्छ । मानांै नेता भनेका भगवान् हुन्, यिनलाई देवत्वकरण गर्नुपर्छ तर आपूm भने धर्मनिरपेक्ष भन्छन्, पशुपतिनाथको देशमा । जन्मदेखि मृत्युपर्यन्त यिनकै सेवा गर्नुपर्छ, यिनकै वरिपरि लाग्नुपर्छ, गणेशभक्ति गर्नुपर्छ, नेता नगुहारी यहाँ राहत पाइँदैन । यी भने मानव दोहनले नपुगेर चुरे दोहन गर्नसम्म डर मान्दैनन् । नागरिकता विधेयक ल्याउन र नागरिकताको बजार खोल्न पनि असहज मान्दैनन् दुवैलाई अदालती आदेशले रोक्नुपर्नेहुन्छ, आपैंm अदालती आदेशले सरकार चलाउँछन्, संसद्को ठेगान नै हुन्न । जुन देशमा ७ सालदेखि नै संसद्को ठेगान छैन, गरिबी बढेकै छ । जनता भोग, रोग र शोकमा डुब्छन्, बाँदर लड्ने भीर नगरपालिका हुन्छ, सरकारी कर बोझिलो छ, महँगीको मार छ, विदेशी ऋणको भार छ, विप्रेषण नआए सरकारलाई डलर आउँदैन, विदेशी मुद्रा नभए वस्तुको आयात हुन्न, अधिकांश वस्तु आयात हुने, व्यापार घाटामा रहने लोकतन्त्रको सुन्दर मुहार भएको छ । जनता जाडोमा शीतलहरमा, गर्मीमा चट्याङ र हुरी बतासमा, वर्षामा बाढी र पहिरोमा, कहिले अप्रत्याशित भूकम्प, कहिले कोरोना र ओमिक्रोन, कहिले बिफर र कलेरा, डेंगु अनि के केमा त्राहीमाम हुनुपर्ने अवस्था छ । संविधानमा मौलिक हक’bout सबैथरि लेखिएको छ, संविधान भने आपूm बोल्दैन, बोलाउने नेताहरू नै हुन् ।
लामो समयदेखि नाम फरक भए पनि यहीँका उस्तै दाजुभाइहरूले सरकार चलाए । ४६ को परिवर्तनपछि अधिकांश समय लोकतन्त्रवादी नेपाली कांग्रेसले देशमा सरकार चलाएको छ । सबैजसो सरकारमा आपूmलाई वापपन्थी भन्ने कम्युनिस्टहरूले सत्ताको साझेदारी गरी नै रहेका छन् । यसअघि कम्युनिस्ट आपूmले पनि सरकारको नेतृत्व गरेको हो, पछिल्लोपल्ट त जनताले दुई तिहाइको कम्युनिस्ट सरकार बनाइदिएका पनि हुन् । हाल चलिरहेको कांग्रेस सरकार पनि कम्युनिस्टकै भ¥याङ चढेर बनेको हो । लोकतन्त्रको छुट्टै नमुना यो परमादेशको सरकार पनि हो र यसलाई पनि हामीले बनाइदिएको भनेर भृकुटीमण्डपमा कम्युनिस्टहरू नै कुर्लिएका हुन्, निश्चय नै कम्युनिस्ट भन्नु यथास्थितिबाट माथि उठेर अग्रगमन भनौं प्रगतिवादी भनी विद्यालयदेखि नै हामीले पढ्दै आएका हौं र माओको शिक्षा थियो कि जनताको एक टुक्रा धागो पनि नलिनू, एउटा सियोको टुप्पोबराबरको अंशमा पनि आँखा नगाड्नु, बाल्यकालदेखि विश्व विद्यालयका ठेलीहरूमा हामीले पढेको यही हो । जनताले पनि सायद यही पत्याए र एकपटक अधिक मतबाट परीक्षण गरौं भने पनि । कसैले हल्लाउन नसक्ने गरी मत दिए तर घमण्डले मातिएर आपैंm चिराचिरामा परे । गएको एक महाधिवेशनमा एउटा गाईको बाच्छोले के बाँ गरेको थियो तीन÷तीनवटा साँढेहरू डुक्रिएका देखिहाल्यौं । कसैले केही भन्न नहुने रहेछ यहाँ तर कम्युनिस्टहरूको राजसी शैली देखेर जनता भने वाक्कदिक्क भएका छन् । चीनका महामहिमले केहीबेर काठमाडौं भ्रमण गरेर सुशासन र पारदर्शिताका विषयमा के भनेर गएका थिए, बिर्सियो होला सायद । ओबामाले छोरी पढाउन जागिर खाने, डेनमार्ककी प्रधानमन्त्री कार्यालय जाँदा साइकल चढ्ने, हेरौं त लाज पचाएका यहाँका नेताहरूको राजसीशैली, सुरक्षा खर्च कत्रो, पद छोडेपछि सरकारी आवास र सुविधा अनि सवारीसाधन, विदेशबाट ल्याएको तेल खर्च ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)