मकालु वाइनले १० लाख कित्ता आईपीओ जारी गर्ने
aarthiknews.com

काठमाडौं । नेपालको पहिलो वाइन उद्योगका रूपमा परिचित मकालु वाइन इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर १० लाख कित्ता साधारण सेयर प्रति कित्ता रु. १०० अंकित मूल्यमा निष्काशन गर्ने तयारी गरेको हो।
आईपीओ निष्काशनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा मकालु वाइन इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष पिताम्बर पोख्रेल र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)