आज बडादशैँको महाअष्टमी पर्व मनाइँदै
kalakarmi.com · Sat Oct 17 23:36:12 GMT 2026

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादशैँअन्तर्गत आज महाअष्टमी पर्व मनाइँदै छ । आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमीमा दुर्गा भवानीका महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपको विशेष पूजाआराधना गरिन्छ । यस अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्छ ।
महाअष्टमीलाई शक्ति उपासनाको विशेष दिनका रूपमा लिइन्छ । धार्मिक मान्यताअनुसार यस दिन दुर्गा भवानीको विशेष पूजा गरी शक्ति प्राप्तिको कामना गरिन्छ । दशैँ घर, कोत तथा विभिन्न शक्तिपीठमा विधिपूर्वक पूजा, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गर्ने परम्परा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)