मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शक्तिपीठमा भक्तजनको घुइँचो

gorkhapatraonline.com · Sat Oct 17 23:41:04 GMT 2026

“नवरात्रमा मनमा पाप नराखी शुद्ध मनले देवीको पूजा गर्दा जे चितायो त्यही पुग्छ । दसैँमा जमरा राखेको दिनदेखि एकादशीको दिनसम्म अन्न, नुन नखाई व्रत बस्ने गरेको छु,” फूलपातीको अघिल्लो दिन गुह्येश्वरी मन्दिरको दर्शन गर्न लाइनमा बस्नुभएकी काठमाडौँ गोकर्ण आरुबारीकी निर्मला पण्डितले भन्नुभयो, “फलफूल, दुध र पानी मात्र खाएर शुद्ध मनले देवीको पूजा गरेमा ढिलोचाँडो आफूले मागेको पुग्छ भन्ने मलाई विश्वास छ ।”

उहाँले हातमा पूजाको थाली, धुप, बत्ती र फलफूल बोक्नुभएको थियो । हरेक वर्ष दसैँ उहाँका लागि पर्व मात्र नभई भगवतीको उपासना गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहँदै आएको छ । विगत १५ वर्षदेखि लगातार दसैँमा अन्न नखाई व्रत बस्दै आउनुभएकी उहाँले यसपालि गुह्येश्वरी, महाँकाल, सङ्कटा, स्वयम्भू, विजेश्वरी, भाटभटेनी, मैतीदेवीलगायतका मन्दिरमा पूजाअर्चना गरिसकेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)