फ्रान्समा देशव्यापी प्रदर्शन, आन्दोलन निरन्तर चर्कँदै
barnanmedia.com · Sat Oct 17 23:45:42 GMT 2026

फ्रान्समा बढ्दो महँगी, इन्धनको मूल्यवृद्धि र प्रहरीको बल प्रयोगको विरोधमा शनिबार देशव्यापी प्रदर्शन भएका छन् । प्रदर्शनका क्रममा राजधानी पेरिससहित लियोँ, मार्सेई, लिललगायतका सहरमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छन् । केही स्थानमा आगजनी, तोडफोड र सरकारी कार्यालयमा प्रवेश गरी क्षति पुर्याउने घटना भएका छन् ।
फ्रान्सेली सञ्चारमाध्यम ले मोन्द र समाचार संस्था एएफपीका अनुसार प्रदर्शनकारीले लियोँ सहरको पर्यटन कार्यालयमा आगो लगाएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)