मकालु वाईनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल इन्भेष्टमेन्ट नियुक्त
corporatenepal.com · Tue Jun 09 10:21:32 GMT 2026

काठमाडौं । नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर प्रति शेयर रु. १०० अंकित मूल्यका १० लाख कित्ता शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो ।
यसैबीच आईपीओ निष्काशनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको । यस सम्बन्धी सम्झौतापत्रमा मकालु वाईन इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष पिताम्बर पोख्रेल तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)