एफआरएलडीद्वारा बाढीपछिको पुनर्निर्माणका लागि नेपाललाई दुई करोड डलर दिने प्रस्ताव
corporatenepal.com · Sun Oct 18 07:22:00 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपाललाई २ करोड अमेरिकी डलर (करिब ३ अर्ब ४ करोड १६ लाख रुपियाँ) उपलब्ध गराउने प्रस्ताव तयार भएको छ। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचनाअन्तर्गतको हानी तथा नोक्सानी सम्बोधन कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) ले उक्त रकम उपलब्ध गराउने प्रस्तावमाथि निर्णय गर्न आगामी अक्टोबर २२ अर्थात् कात्तिक ५ गते विशेष बैठक बोलाएको छ।
जलवायु परिवर्तनका कारण हुने क्षति तथा नोक्सानी सम्बोधन गर्न स्थापित उक्त कोषले कुनै खास विपद्लाई लक्षित गरी निर्णय प्रक्रियाका लागि विशेष बैठक बोलाउन लागेको यो पहिलो अवसर भएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)