विश्वासको मत : एमालेको ‘पोजिसन’ कुर्दै जसपा अध्यक्ष महन्थ ठाकुर
pahilopost.com · Sat May 08 00:42:52 GMT 2021
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले विश्वासका मतका सम्बन्धमा आधिकारिक निर्णय गरिसकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएका छन्।
अधिवेशन नजिकिँदै गर्दा जसपा भने मत दिने कि नदिने भन्ने अन्योलमा छ। जसपाभित्रको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष विश्वासको मत दिन नहुने पक्षमा छ भने महन्थ ठाकुर पक्ष दिने कि नदिने अन्योलमा छ। दुई धारबाट अगाडि बढिरहेको जसपाको एकीकृत निर्णय कहिले हुन्छ थाहा छैन। संसदीय दलको बैठक बस्ने छाँटकाँट अझै देखिएको छैन। केन्द्रीय कार्यकारिणी समितिको त झन टुंगो नै छैन। यस्तोमा एकीकृत निर्णय आउने सम्भावना कम छ। एकीकृत निर्णय नआए पूर्वराजपा र पूर्वसमाजवादीले आ-आफ्नो हिसाबले मत हाल्ने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)