मुम्बई पुलिसको आदेशविरुद्ध इमरान खानको अदालतमा याचिका दर्ता
kendrabindu.com · Sun Oct 18 00:46:19 GMT 2026

काठमाडौं । बलिउड अभिनेता इमरान खानले मुम्बई पुलिसको एक आदेशलाई चुनौती दिँदै शनिवार बम्बे उच्च अदालतमा याचिका दर्ता गराएका छन् । मुम्बई पुलिसले एक राजनीतिक प्रदर्शनमा सहभागी भएर नियम उल्लङ्घन गरेको आरोपमा उनलाई अक्टोबर २८ भित्र भारत छाड्न निर्देशन दिँदै नोटिस जारी गरेको थियो ।
इमरान खानले आफ्ना वकिल जुल्फिकार मेमन र ‘एमजेडएम लिगल’ (MZM Legal) मार्फत दर्ता गराएको याचिकामा उक्त नोटिसलाई “गैरकानुनी, अनुचित, कठोर र कानुनको नजरमा अमान्य” ठहर गरेका छन् । याचिकामा उच्च अदालतसँग उक्त नोटिस रद्द गर्न र अन्तरिम राहतका रूपमा त्यसको कार्यान्वयनमा रोक लगाउन माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)