एनआरएनएको २१ बुँदे ग्वाङ्झाउ घोषणापत्र जारी, गैरआवासीय नेपालीका अधिकारदेखि लगानीसम्मका विषय समेटिए
nepallive.com · Sun Aug 16 11:39:24 GMT 2026

ग्वाङ्झाउ, चीन — गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनले २१ बुँदे ‘ग्वाङ्झाउ घोषणापत्र–२०२६’ जारी गरेको छ। चीनको ग्वाङ्झाउमा अगस्ट १४ देखि १६ सम्म आयोजित सम्मेलनले गैरआवासीय नेपालीका अधिकार, नागरिकता, मतदान अधिकार, लगानी, सुरक्षित वैदेशिक रोजगार, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक–सामाजिक विकासमा डायस्पोराको भूमिकासहितका विषयलाई प्राथमिकतामा राखेको छ।
सम्मेलनले संविधानको धारा १४ अनुसार गैरआवासीय नेपाली नागरिकतासँग सम्बन्धित सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार कार्यान्वयनका लागि आवश्यक कानुनी व्यवस्था यथाशीघ्र गर्न सरकारसँग आग्रह गरेको छ। गैरआवासीय नेपालीसम्बन्धी ऐन संशोधन गरी प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन पनि माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)