महाअष्टमी पर्व मनाइँदै
gorkhapatraonline.com · Sun Oct 18 00:50:07 GMT 2026

बडादसैँको आठौँ दिन महाअष्टमीमा आइतबार नवदुर्गा भवानीको आठौँ स्वरूप माता महागौरीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । माता महागौरीको स्वरूप अत्यन्त गोरो, शान्त र सौम्य छ । उहाँको वाहन वृष र सिंह हुन् । उहाँका चार हातमा त्रिशूल, डमरू तथा अभय र वरद मुद्रा रहेका छन् ।
‘श्वेत वृषे समारूढा श्वेताम्बरधरा शुचिः। महागौरी शुभं दद्यान्महादेवप्रमोददा।।’ मन्त्रले पुकार गर्दै ‘या देवी सर्वभूतेषु माँ महागौरी रूपेण संस्थिता ।’ मन्त्रले महागौरीको प्रार्थना गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)