प्रदेश विश्वविद्यालय नसार्न मुख्यमन्त्रीको ध्यानाकर्षण
ekagaj.com · Tue Mar 15 17:07:39 GMT 2022
नेपालगञ्ज : बाँकेको खजुरामा स्थापना हुन लागेको प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको ध्यानाकर्षण गरिएको छ ।
प्रदेशसभा सदस्य आरती पौडेलको नेतृत्वमा मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र बुझाउन बाँकेबाट बुटवल गएको टोलीले उनलाई ज्ञापनपत्र बुझाएको हो । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, शिक्षा क्षेत्रका विज्ञ कवीन्द्र भट्टराई, लेख प्याकुरेलसहितको टोलीले मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र बुझाएको हो । प्रदेश योजना आयोग र मुख्यमन्त्रीको कार्यालयले विश्वविद्यालय दाङ र कपिलवस्तुमा सार्ने गरी जग्गा खोज्न थालेपछि विश्वविद्यालयको विषयमा विवाद भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)